f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

AG10 Football Academy द्वारा हुन्डाईको प्रायोजनमा आन्तरिक प्रतियोगिता सम्पन्न

पिक्चर नेपाल।

विश्वकप फुटबलको उत्साह चलिरहेका बेला AG10 Football Academy ले आफ्ना ८० जना प्रशिक्षार्थीलाई सहभागी गराएर पहिलो पटक ग्रासरुट स्तरको इन्टरनल फुटबल टुर्नामेन्ट आयोजना गरेको छ।

AG10 Football Academy र हुन्डाइको प्रायोजनमा सम्पन्न प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। विशेष आकर्षणका रूपमा प्रतियोगितामा सहभागी सबै टोलीलाई हुन्डाइका विभिन्न गाडीका मोडलका नामबाट नामकरण गरिएको थियो, जसले प्रतियोगितालाई अझ रोचक र फरक बनाएको थियो।

एकेडेमीका सञ्चालक तथा पूर्व राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङले बालबालिकाको खेल प्रतिभा विकासका लागि यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताए। उनले सानो स्तरको प्रतियोगितामा पनि हुन्डाइजस्तो प्रतिष्ठित ब्रान्डले साथ दिनु नेपाली फुटबलका लागि सकारात्मक संकेत भएको उल्लेख गरे।

ग्रासरुट फुटबललाई बलियो बनाउन यस्ता प्रतियोगिता नियमित हुनुपर्छ। निजी क्षेत्र र ठूला ब्रान्डहरूको सहकार्य बढ्दै गए नेपाली फुटबलको भविष्य अझ उज्ज्वल बन्न सक्छ। देशभर यस्ता प्रतियोगिता आयोजना हुन आवश्यक छ र आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरता रहने अपेक्षा गरेका छौं, गुरुङले भने।

प्रतियोगितामा टिम भेन्यु च्याम्पियन बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेता बन्यो। विजेता तथा उपविजेता टोलीका खेलाडीहरूलाई ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।

बालबालिकालाई सानैदेखि प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर उपलब्ध गराउँदै उनीहरूको आत्मविश्वास, खेलकुद संस्कार र सीप विकास गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता नेपाली फुटबलको उज्ज्वल भविष्य निर्माणतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

Post a Comment

You don't have permission to register