f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

अन्तर–व्यवसायी मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि टिम बानेश्वरलाई

पिक्चर नेपाल।

नेपाल फर्निचर तथा फर्निसिङ एशोसिएशन (NFFA) को २७औँ वार्षिकोत्सवको अवसरमा आयोजित “इन्टर–बिजनेस फ्रेन्डली फुटसल टूर्नामेन्ट–२०८३” को उपाधि टिम बानेश्वर ले जितेको छ।

शनिबार काठमाडौंको हाँडीगाउँ, धुम्बाराहीस्थित धन्वन्तरी स्पोर्ट्स हबमा भएको फाइनल खेलमा टिम बानेश्वरले नेपाल फर्निचर फ्याक्ट्री लाई ५–३ गोल अन्तरले हराउँदै उपाधि आफ्नो नाममा गरेको हो।  

उपाधिसँगै टिम बानेश्वरले नगद ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। उपविजेता नेपाल फर्निचर फ्याक्ट्रीले २५ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरेको छ।

बिहान ८ः०५ बजेदेखि सुरु भएको एकदिने प्रतियोगितामा फर्निचर तथा फर्निसिङ क्षेत्रका १२ वटा व्यवसायिक टोली सहभागी भएका थिए।

प्रतियोगितामा टिम बानेश्वरका सुजन खड्का उत्कृष्ट गोलकिपर घोषित भए। नेपाल फर्निचर फ्याक्ट्रीका विरोचन बिके प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने भने सोही टोलीका युरोप श्रेष्ठ ले ८ गोल गर्दै सर्वाधिक गोलकर्ता (हाई स्कोरर) को अवार्ड जिते।

प्रतियोगिता नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष राजेश कुमार अग्रवालको प्रमुख आतिथ्यता तथा नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष मनिष अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संयोजन नेपाल फर्निचर तथा फर्निसिङफर्निचर तथा फर्निसिङ संघका महासचिव केदारनाथ बास्ताकोटी ले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित पदाधिकारीहरूले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

जेम फ्लोरिङ मुख्य प्रायोजक र जानकी विनाइल फ्लोरिङ सह–प्रायोजक रहेको प्रतियोगिता व्यवसायिक संस्थाहरूबीच आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ।

Post a Comment

You don't have permission to register