f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

च्यासलमा यू–२० राष्ट्रिय रग्बी प्रतियोगिता सुरु, महिलातर्फ बागमती–कोशी फाइनलमा, पुरुषतर्फ सेमिफाइनल तय

– पिक्चर नेपाल

ललितपुरको च्यासल रंगशालामा सहिद स्मृति राष्ट्रिय यू–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३ सुरु भएको छ। पहिलो दिन नै खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकलाई रोमाञ्चक खेलको अनुभव गराएका छन्।

यो प्रतियोगिता नेपाली रग्बीका युवा खेलाडीका लागि निकै महत्त्वपूर्ण मानिएको छ। यही प्रतियोगिताको प्रदर्शनका आधारमा आगामी नोभेम्बरमा भारतमा हुने यू–२० एसियन रग्बी च्याम्पियनसिप का लागि नेपाली टोली छनोट गरिनेछ।  

महिलातर्फस् बागमती र कोशी फाइनलमा

महिलातर्फ बागमती र कोशी प्रदेश फाइनलमा पुगेका छन्।

बागमतीले लुम्बिनीलाई ३२–० र कोशीलाई २२–० ले हरायो। गण्डकीबाट वाकओभर पाएपछि बागमती अपराजित रहँदै फाइनलमा पुगेको हो।

कोशीले गण्डकीलाई ३५–० ले पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनायो।

लुम्बिनीले गण्डकीलाई १०–० ले हराए पनि अंक तालिकाका आधारमा दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्।

पुरुषतर्फस् सेमिफाइनल समीकरण तय

पुरुषतर्फ सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ।

मंगलबार हुने पहिलो सेमिफाइनलमा कर्णाली प्रदेश र मधेस प्रदेश भिड्नेछन्। दोस्रो सेमिफाइनलमा बागमती प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्।

पहिलो दिन कर्णालीले बागमतीलाई २६–७ र गण्डकीलाई ३४–७ ले हराउँदै लगातार दुई जित निकाल्यो।

कोशीले मधेसलाई १५–० ले पराजित गर्यो भने बागमतीले गण्डकीलाई १४–५ ले हरायो। जित निकाले पनि अंक तालिकाका आधारमा गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताबारे

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ४ प्रदेशको सहभागिता रहेको छ। प्रतियोगिता प्रदेश खेलकुद विकास परिषद् ९बागमती प्रदेशको सहयोग, बागमती प्रदेश रग्बी संघको व्यवस्थापन तथा नेपाल रग्बी संघको समन्वयमा आयोजना गरिएको हो।

दुवैतर्फका फाइनल खेलहरू रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Post a Comment

You don't have permission to register