f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

सहिद स्मृति यू–२० राष्ट्रिय रग्बीः महिलामा बागमती र पुरुषमा कर्णाली च्याम्पियन

– पिक्चर नेपाल, १६ असार।

ललितपुरको च्यासल रंगशालामा सम्पन्न सहिद स्मृति राष्ट्रिय यू–२० महिला तथा पुरुष रग्बी प्रतियोगिता–२०८३ मा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ कर्णाली प्रदेश च्याम्पियन बनेका छन्।

पुरुषतर्फ बागमती प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो भयो। त्यस्तै महिलातर्फ कोशी प्रदेश दोस्रो तथा लुम्बिनी प्रदेश तेस्रो स्थानमा रह्यो। प्रतियोगितामा महिलातर्फ बागमती प्रदेशकी पूजा डङ्गोल र पुरुषतर्फ कर्णाली प्रदेशका मनोज ताम्राकार उत्कृष्ट खेलाडी घोषित भए।

यो प्रतियोगिता आगामी नोभेम्बरमा भारतमा हुने यू–२० एसियन रग्बी च्याम्पियनसिपका लागि नेपाली टोली छनोट गर्ने आधारका रूपमा आयोजना गरिएको हो। प्रतियोगिता सकिएपछि विजेता र उपविजेता टोली तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। नेपाल रग्बी संघका अनुसार प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा आगामी नोभेम्बरमा भारतमा हुने यू–२० एसियन रग्बी च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोली छनोट गरिनेछ।

Post a Comment

You don't have permission to register