f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

विश्वकप २०२६: दक्षिण कोरियाको उत्कृष्ट पुनरागमन, चेक रिपब्लिक २–१ ले पराजित

-पिक्चर नेपाल

मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको फिफा विश्वकप २०२६ को रोमान्चक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २–१ को सानदार पुनरागमन जित निकालेको छ। खेलको ५९औं मिनेटमा लादिस्लाभ क्रेज्कीको गोलबाट चेक रिपब्लिकले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। ६७औं मिनेटमा ह्वाङ इनबियोमले गोल गर्दै कोरियालाई बराबरीमा ल्याए भने ८०औं मिनेटमा ओएच ह्योङयुले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे। त्यसअघि ७७औं मिनेटमा चेक रिपब्लिकका थोमस सुसेकले गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

विश्वकप इतिहासमा चेकियाविरुद्ध दक्षिण कोरियाको यो पहिलो ऐतिहासिक जित हो। १२औं पटक विश्वकप खेलिरहेको कोरियाले आफ्नो ओपनिङ खेल जितेको यो चौथो पटक हो। यस जितसँगै समूह ‘ए’ मा ३ अंक जोडेर कोरिया दोस्रो स्थानमा उक्लिएको छ। समान ३ अंक भएको मेक्सिको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका चौथो स्थानमा छन्।

Post a Comment

You don't have permission to register