f
s
f

Lorem ipsum dolor sit amet, consectetuer adipis cing elit. Aenean commodo ligula eget dolor. Aenean massa. Cum sociis theme natoque

Follow Me
TOP

काठमाडौंको सहयोगीनगरमा बन्यो सुन्दर ‘सम्पर्क पार्क’, बाल उद्यानदेखि व्यायामस्थलसम्मको सुविधा

– पिक्चर नेपाल

काठमाडौं महानगरपालिका–३२, सहयोगीनगरस्थित सम्पर्क मार्गमा स्थानीय समुदायको पहलमा निर्माण गरिएको ‘सम्पर्क पार्क’ औपचारिक रूपमा उद्घाटन गरिएको छ। सहयोगीनगर जागरण विकास समाजको पहलमा निर्माण भएको पार्कको काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले रिबन काटेर उद्घाटन गर्नुभएको हो। २०८३ साल श्रावण २३ गते शनिबार उद्घाटन गरिएको यस पार्कले स्थानीय बासिन्दाका लागि हरियाली, विश्राम, मनोरञ्जन तथा शारीरिक व्यायामका लागि नयाँ सार्वजनिक स्थान थप गरेको छ।

सम्पर्क पार्कलाई ‘सम्पर्क पार्क क’ र ‘सम्पर्क पार्क ख’ गरी दुई भागमा विकास गरिएको छ। सम्पर्क पार्क क मा आकर्षक तथा कलात्मक फल्चासहितको पार्क निर्माण गरिएको छ भने सम्पर्क पार्क ख मा बाल उद्यानसँगै विभिन्न शारीरिक व्यायामका सामग्री तथा उपकरणहरू राखिएका छन्। पार्क बनेसँगै बालबालिकाले खेल्ने सुरक्षित स्थान पाएका छन् भने स्थानीय बासिन्दाले बिहान–बेलुका हिँडडुल, व्यायाम र केही समय आराम गर्न सक्ने ठाउँ थपिएको छ।

बागमती नदी किनारमा पछिल्लो समय हरियालीसहितका सार्वजनिक पार्कहरू थपिँदै जाँदा यस क्षेत्रको वातावरण पनि थप आकर्षक बन्दै गएको छ। बिहानको समयमा व्यायाम र हिँडडुल गर्न आउनेहरूदेखि साँझ परिवारसँग केही समय बिताउन आउने स्थानीयसम्मका लागि नदी किनारका यी हरियाली क्षेत्रहरू दैनिक जीवनको एउटा हिस्सा बन्दै गएका छन्।

 

व्यस्त काठमाडौंको दैनिकीबीच यस्ता खुला र हरियाली ठाउँले मानिसलाई केही समय प्रकृतिसँग नजिक हुने अवसरसमेत दिएको छ। बालबालिकाका लागि खेल्ने ठाउँ, युवाका लागि व्यायाम गर्ने स्थान र ज्येष्ठ नागरिकका लागि बस्ने तथा हिँडडुल गर्ने वातावरण बन्नु यस क्षेत्रको सकारात्मक परिवर्तनका रूपमा लिन सकिन्छ।

पार्क निर्माणमा काठमाडौं महानगरपालिका वडा नं. ३२ को आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। यसको निर्माण आर्थिक वर्ष २०८०/८१ मा प्रारम्भ भई आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर सुनिता डंगोलले पार्क निर्माण गर्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र उचित व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माण गरे पनि निर्माणपछि तिनको उचित संरक्षण र व्यवस्थापनमा चुनौती देखिने गरेको उल्लेख गर्दै उहाँले पार्कको सही सदुपयोग, संरक्षण तथा आवश्यक मर्मतसम्भार गर्ने दायित्व महानगरपालिकाको मात्र नभई स्थानीय बासिन्दाको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो।

स्थानीय समुदायले पार्कलाई आफ्नै साझा सम्पत्तिका रूपमा अपनत्व लिएर संरक्षण र सदुपयोग गर्न सके यस्ता सार्वजनिक स्थलहरू लामो समयसम्म उपयोगी र आकर्षक बनाउन सकिने उहाँको भनाइ थियो।

स्थानीय समुदायको पहल, वडा तथा महानगरपालिकाको सहयोग र नागरिकको अपनत्वले सम्पर्क पार्क कोटेश्वर–सहयोगीनगर क्षेत्रको एउटा सुन्दर सार्वजनिक स्थलका रूपमा थपिएको छ। हरियाली बढ्दैछ, खुला ठाउँ थपिँदैछ र मानिसको दैनिकीमा प्रकृतिसँगको नाता पनि जोडिँदैछ। यस्ता साना–साना पहलले नै शहरलाई बस्नलायक, स्वस्थ र सुन्दर बनाउँदै लैजान्छन्।

Post a Comment

You don't have permission to register